पाकिस्तान, साउदी अरब र टर्कीले संयुक्त सैन्य अभ्यास गर्ने

हिमाल प्रेस २८ साउन २०८३ २०:४१ | Thursday, August 13, 2026
20
SHARES
पाकिस्तान, साउदी अरब र टर्कीले संयुक्त सैन्य अभ्यास गर्ने

काठमाडौँ- टर्कीले साउदी अरब र पाकिस्तानसँग हालै सम्पन्न रक्षा तथा रणनीतिक सम्झौताको मुख्य उद्देश्य तनि देशबीचको सैन्य सम्बन्धलाई थप संस्थागत र दिगो बनाउनु रहेको बताएको छ।

राजधानी अंकारामा आयोजित साप्ताहिक पत्रकार सम्मेलनमा टर्कीका रक्षा मन्त्रालयले यस सम्झौताको विस्तृत विवरण सार्वजनिक गरेको हो।

समाचार संस्था रोयटर्सलाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार मन्त्रालयले यस सम्झौतालाई राणनीतिक, राजनीतिक र सैन्य संयन्त्रका रुपमा रुपान्तरण गरिने जनाएको छ।

यसअन्तर्गत तीनै देशका रक्षामन्त्री, परराष्ट्रमन्त्री, थलसेनाध्यक्ष तथा सशस्त्र बलका वरिष्ठ कमाण्डरहरु समावेश रहनेछन्। साथै सर्वोच्च स्तरमा उच्च समन्वय कायम गरिने बताइएको छ।

मन्त्रायलका अनुसार यो साझेदारीलाई व्यवहारमा उतार्न तीनै देशका थलसेना, नौसेना र वायुसेनाले संयुक्त रुपमा सैन्य अभ्यास गर्नेछन्। यसका साथै आधुनिक वायु सुरक्षा प्रणाली र ड्रोनजस्ता मानवरहीत प्रविधिहरुलाई पनि अभ्यासमा समावेश गरिनेछ।

सैन्य अभ्यासबोहक तीनवटै राष्ट्रका रक्षा उद्योगहरुबीचको सहकार्यलाई थप सुदृढ बनाइने योजना पनि सम्झौतामा समेटिएको छ।

गत साता सम्पन्न तीनै देशबीच सम्पन्न रक्षा सम्झौतामा पारस्पिरिक सुरक्षाको ग्यारेन्टी समेत समावेश गरिएको छ। सम्झौताको प्रावधानअनुसार कुनै एक देशमाथि बाह्य आक्रमण भएमा त्यसलाई तीनै देशमाथि भएको आक्रमण मानिने र सोही अनुरुप सामूहिक जवाफ दिनेछ।

प्रकाशित: २८ साउन २०८३ २०:४१ | Thursday, August 13, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast