त्रिभुवन विमानस्थलको भन्सार जाँचपास प्रणालीलाई एकीकृत एवं स्वचालित बनाउन सरकारलाई निर्देशन

हिमाल प्रेस २८ साउन २०८३ १५:१० | Thursday, August 13, 2026
10
SHARES
त्रिभुवन विमानस्थलको भन्सार जाँचपास प्रणालीलाई एकीकृत एवं स्वचालित बनाउन सरकारलाई निर्देशन

काठमाडौँ- प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले त्रिभुवन विमानस्थलको भन्सार जाँचपास प्रणालीलाई एकीकृत एवं स्वचालित बनाउन सरकारलाई निर्देशन दिएको छ।

सिंहदरबारमा बिहीबार बसेको समिति बैठकले विमानस्थलको कार्गो क्षेत्रको व्यवस्थापनमा अन्तर निकाय समन्वयको अभावमा कार्गो जाँचपास झन्झटिलो भएकाले भन्सार जाँचपास प्रणालीलाई एकीकृत एवं स्वचालित बनाउन सरकारलाई निर्देशन दिएको हो।

बैठकले अन्तराष्ट्रिय बिमानस्थलभित्र रहेका सम्पूर्ण पसलहरुमा बिल बीजक जारी गर्ने व्यवस्था लागू गर्न समेत निर्देशन दिएको छ भने अन्तर्राष्ट्रिय विमानस्थलभित्र अध्यागमन र भन्सार कार्यालयको परिसर साँघुरो भएकाले त्यसको आवश्यक विस्तार तथा व्यवस्थापन गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिने निर्णय भएको समिति सभापति कृष्णहरि बुढाथोकीले जानकारी दिए।

बैठकले आर्थिक वर्ष २०८२/८३ मा निजी क्षेत्रको कर्जा विस्तार लक्ष्य १२ प्रतिशत रहेकामा ६.५ प्रतिशत मात्र देखिएकाले चालू वर्षको ७ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न कर्जा प्रवाहमा देखिएका अवरोध पहिचान गरी सुधारात्मक कदम चाल्न नेपाल राष्ट्र बैंकलाई निर्देशन दिएको छ।

साथै बैठकले लघुवित्त संस्थाहरूबाट ऋण प्रवाहमा देखिएको दोहोरोपना र ऋण असुलीमा देखिएका गम्भीर समस्याहरूलाई तत्काल सम्बोधन गर्न अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकलाई निर्देशन दिने निर्णय भएको सभापति बुढाथोकीले बताए।

समितिअन्तर्गत गठित विभिन्न उपसमितिहरुको प्रतिवेदनका आधारमा नेपालमा सञ्चालित उद्योगहरुका लागि प्रतिस्पर्धी दरमा गुणस्तरीय एवं भरपर्दो विधुत आपूर्तिको सुनिश्चितता लागि आवश्यक व्यवस्था गर्न ऊर्जा मन्त्रालयलाई निर्देशन दिएको छ भने दुर्गम एवं पिछडिएको क्षेत्र तथा मध्यपहाडी लोकमार्ग आसपासका क्षेत्रमा विशेष छुटसहितको विशेष आर्थिक क्षेत्र सञ्चालनमा ल्याउने व्यवस्था गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिएको छ।

प्रकाशित: २८ साउन २०८३ १५:१० | Thursday, August 13, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast