कोशी प्रदेशबाट बाहिरियो कांग्रेस

हिमाल प्रेस २७ साउन २०८३ १८:२० | Wednesday, August 12, 2026
10
SHARES
कोशी प्रदेशबाट बाहिरियो कांग्रेस

काठमाडौँ- कोशी प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका पाँच जना मन्त्रीहरूले सामूहिक राजीनामा बुझाएका छन्।

कांग्रेसका चार मन्त्री र एक राज्यमन्त्रीले बुधबार मुख्यमन्त्री हिक्मतकुमार कार्कीसमक्ष सामूहिक राजीनामा बुझाएका हुन्।

प्रदेशमा नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच सत्तासमीकरण बनेपछि कांग्रेस सरकारबाट बाहिरिएको हो।

कांग्रेसका भौतिकमन्त्री प्रदीपराज सुनुवार, स्वास्थ्यमन्त्री मानबहादुर लिम्बु, कृषि तथा सहकारीमन्त्री ईसराइल मन्सुरी, वन पर्यटन तथा वातावरणमन्त्री भिम पराजुली र राज्यमन्त्री शोभा चेम्जोङले राजीनामा दिएका हुन्।

कांग्रेसका मन्त्रीहरू सरकारबाट बाहिरिएपछि अब एमाले र नेकपाबीच नयाँ सत्ता गठबन्धनको सरकार पुनर्गठन गर्ने बाटो खुलेको छ।

कोशी प्रदेशमा एमालेका नेता कार्की २०८१ वैशाख २७ गते संविधानको धारा १६८ (५) बमोजिम एमाले र तत्कालीन माओवादीको समर्थनमा तेस्रोपटक मुख्यमन्त्री नियुक्त भएका थिए।

केन्द्रमा सत्तासमीकरण फेरिएपछि माओवादी सरकारबाट बाहिरिएको थियो। त्यसपछि अल्पमतमा परेका कार्कीलाई कांग्रेसले समर्थन गरेको थियो।

प्रकाशित: २७ साउन २०८३ १८:२० | Wednesday, August 12, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast