काठमाडौँ- स्वास्थ्य सामग्री सहयोगका लागि हिमालय आँखा अस्पताल कास्की र नेपालका लागि जापानी राजदूतावासबीच सम्झौता भएको छ।
मंगलबार जापानी दूतावास काठमाडौँमा आयोजित समारोहमा नेपालका लागि जापानी राजदूत किकुता युताका र अस्पतालकी निर्देशक यलिया श्रेष्ठले सम्झौतामा हस्ताक्षर गरेका हुन्।
स्वास्थ्य सामग्र खरिदका लागि जापानले अमेरिकी डलर ६० हजार २८९ (करिब ७६ लाख रुपैयाँ) दिनेछ। यो रकम जापानको समुदायको सुरक्षाको लागि अनुदान सहायता परियोजनाअन्तर्गतको हो।
सन् १९९३ मा कास्कीको पोखरामा खुलेको हिमालय आँखा अस्पतालले वार्षिक ५ हजार ५०० भन्दा बढीको आँखासम्बन्धी शल्यक्रिया गर्दै आएको छ। अस्पतातले गण्डकी र कर्णाली प्रदेशमा हरेक वर्ष २० देखि ३० वटा निःशुल्क आँखा शल्यक्रिया शिविर पनि आयोजना गर्दै आएको छ।
                            प्रकाशित: २४ माघ  २०७९ १३:१२ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
                                             
                                             

