रेनुका खतिवडाको आवाजमा ‘माइत जान नपाएको पीडा’

हिमाल प्रेस २७ साउन २०८३ १२:११ | Wednesday, August 12, 2026
20
SHARES
रेनुका खतिवडाको आवाजमा ‘माइत जान नपाएको पीडा’

काठमाडौँ- तीज पर्वलाई केन्द्रमा राखेर नारीका भावना, पीडा र माइतीप्रतिको आत्मीयता समेटिएको तीज गीत ‘माइती र चेलीको’ सार्वजनिक गरिएको छ। गायिका रेनुका खतिवडाको आवाजमा रहेको गीतले तीजमा माइत जान नपाएकी चेलीको पीडा र मनोभावलाई काँठेभाकामार्फत प्रस्तुत गरेको छ।

गीतमा पतिबाट हेला खेपेकी नारीको मनोव्यथा, अशान्ति र भौँतारिएको जीवनलाई भावुक ढंगले अभिव्यक्त गरिएको छ। तीजमा माइती जान नपाए पनि अर्को वर्ष अवश्य आउने आश्वासन चेलीले आमालाई दिएकी छन्।

आमा–छोरीको संवादका रूपमा अघि बढेको गीतमा चेलीले आफूले पलपल खुसी मारेर बाँच्नुपरेको गुनासो आमासँग गरेकी छन्। तीजका बेला आमालाई भेट्न नपाउँदा मन खल्लो हुने र माइतीको पवित्र आँगन टेक्न नपाएको पीडालाई गीतले मार्मिक रूपमा उठाएको छ।

गीत शब्द इन्दु दनुवार, रेनुका खतिवडा र सरु बजगाईँले लेखेका छन्। गीतको को भिडियोमा रेनुका खतिवडा, इन्दु दनुवार, राजाराम कोइराला, निर्जला बास्कोटा र रश्मि अधिकारीको अभिनय रहेको छ। म्युजिक भिडियोको निर्देशन इन्दु दनुवारले गरेकी हुन्।

प्रकाशित: २७ साउन २०८३ १२:११ | Wednesday, August 12, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast