काठमाडौँ- ग्लोबल आईएमई बैंकले नाइमा अटो एक्सपोको अवसरमा गाडी किन्न कर्जा प्रक्रियालाई थप सहज र छिटो बनाउँदै आकर्षक अटो लोन योजना सार्वजनिक गरेको छ।
नाइमा अटो एक्सपोमा नयाँ गाडी खरिद गर्ने ग्राहकले बैंकको आधार दरमा न्यूनत ०.५ प्रतिशत प्रिमियम थप गरी अटो लोन लिन सक्ने बैंकले जनाएको छ।
जसअनुसार हालको आधारदरमा न्यूनतम ५.२५ प्रतिशत ब्याजदरमा अटो लोन उपलब्ध हुनेछ।
साथै नाइमा अटो एक्सपोमा नयाँ ईभी गाडी खरिद गर्ने ग्राहकका लागि तीन वर्षसम्म ५.९९ प्रतिशत स्थिर ब्याजदरको विशेष योजना पनि ल्याइएको छ।
तीन वर्षपछि उक्त कर्जाको ब्याजदर बैंकको आधारदरमा अधिकतम २ प्रतिशत प्रिमियम थप गरी कायम हुने बैंकको भनाइ छ।
नाइमा अटो एक्सपोमै रहेको ग्लोबल आईएमई बैंकको स्टलबाटै कर्जाको अवस्था दिन सकिने जनाइएको छ।
प्रकाशित: २६ साउन २०८३ २१:४३ | Tuesday, August 11, 2026
प्रतिक्रिया


