साहित्यका अग्रणी स्रष्टा डा. विमलको राजकीय सम्मान साथ अन्त्येष्टि

हिमाल प्रेस २६ साउन २०८३ २०:३५ | Tuesday, August 11, 2026
10
SHARES
साहित्यका अग्रणी स्रष्टा डा. विमलको राजकीय सम्मान साथ अन्त्येष्टि

काठमाडौँ- साहित्यका अग्रणी स्रष्टा, भाषाविद् तथा शिक्षाविद् डा. राजेन्द्रप्रसाद विमलको मंगलबार जनकपुरधामस्थित स्वर्गद्वारीमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ।

डा. विमको पार्थिव शरीरमा उनका जेठा सुपुत्र डा. आभाषलाभ कर्णले दागवती दिए।

लामो समयदेखि मधुमेह र उच्च रक्तचापबाट पीडित ८१ वर्षीय उनको गएराति १२ः४५ बजेतिर जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा निधन भएको थियो।

विमलको पार्थिव शरीरमा नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल (गणेश), मधेश प्रदेशका प्रमुख सुरेन्द्रलाभ कर्ण, मधेश प्रदेशसभाका सभामुख रामअशिष यादव, प्रतिनिधिसभा सदस्य मनिष झा, धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेल लगायतले श्रद्धाञ्जली दिए।

अन्त्येष्टिको क्रममा नेपाल प्रहरीको टोलीले स्व डा. विमललाई सलामी अर्पण गरेको थियो।

उनको निधनसँगै नेपाली साहित्य, भाषा आन्दोलन तथा मिथिलाको सांस्कृतिक क्षेत्रमा अपूरणीय क्षति भएको साहित्यकारहरूले बताएका छन्।

प्रकाशित: २६ साउन २०८३ २०:३५ | Tuesday, August 11, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast