कालीगण्डकीबाट बालुवा उत्खनन गर्ने सात पक्राउ

हिमाल प्रेस २६ साउन २०८३ १५:०१ | Tuesday, August 11, 2026
6
SHARES
कालीगण्डकीबाट बालुवा उत्खनन गर्ने सात पक्राउ

मुस्ताङ- कालीगण्डकी नदीबाट अवैध रूपमा बालुवा उत्खनन गरेको आरोपमा सात जना र उनीहरूले प्रयोग गरेका ट्याक्टर नियन्त्रणमा लिइएका छन्।

वारागुङ मुक्तिक्षेत्र गाउँपालिका-४ स्थित एक्लेभट्टी नजिक कालीगण्डकी नदीको बगरबाट बालुवा उत्खनन तथा ओसारपसार गरिरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ।

प्रहरीले बालुवासहित विभिन्न नम्बरका ट्याक्टर नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक सन्तोष बस्यालले वर्षायाममा नदीजन्य पदार्थ उत्खनन गर्दा विपद्को जोखिम बढ्न सक्ने बताए।

प्रकाशित: २६ साउन २०८३ १५:०१ | Tuesday, August 11, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast