पानी भर्न जाने क्रममा कालीगण्डकीमा खसेर बालक बेपत्ता

हिमाल प्रेस १५ जेठ २०८३ ५:२३ | Friday, May 29, 2026
4
SHARES
पानी भर्न जाने क्रममा कालीगण्डकीमा खसेर बालक बेपत्ता कालीगण्डकी नदी। फाइल तस्बिर

म्याग्दी- म्याग्दी र पर्वतको सिमाना भएर बग्ने कालीगण्डकी नदीमा खसेर बिहीबार एक जना बालक बेपत्ता भएका छन्।

म्याग्दीको बेनीदेखि पर्वतको जलजला गाउँपालिका-३ मल्लाज जोड्ने पदमार्गको नजिकै खेल्ने क्रममा ६ वर्षीय प्रियान्सु साहानी कालीगण्डकीमा खसेर बेपत्ता भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रहरी निरीक्षक सागर तिमिल्सिनाका अनुसार रूपन्देहीको रोहिणी गाउँपालिका-१ दुबौलियाका प्रियान्सु बुवा दुर्गेशकुमार मल्लसँगै बेनी नगरपालिका-८ कालीपुलमा बस्दै आएका थिए।

खेल्दै नदी किनार पुगेका बेला पानी भर्न जाने क्रममा नदीमा खसेर प्रियान्सु बेपत्ता भएको घटनाबारे बेलुका करिब ६:२० बजे उनका दाजु नाता पर्ने १० वर्षीय रितिक साहानीले जानकारी गराएका थिए।

सूचना प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट कालीपुलबाट प्रहरी सहायक निरीक्षक सुवास थापाको नेतृत्वमा प्रहरी टोली बेपत्ता प्रियान्सुको खोजीमा परिचालन भए पनि साँझसम्म भेटिएका छैनन्।

प्रकाशित: १५ जेठ २०८३ ५:२३ | Friday, May 29, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast