सुनसरी- आर्थिक वर्ष २०८२/८३ मा कोशी प्रदेशमा नियम उल्लंघन गर्ने ९५ हजार ७७ सवारीसाधन ट्राफिक कारबाहीमा परेका छन्।
कारबाहीमा परेका सवारीसाधनबाट रु नौ करोड ४१ लाख ७२ हजार ८२४ राजस्व संकलन भएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीले जनाएको छ।
सबैभन्दा बढी झापाबाट रु दुई करोड ३९ लाख ९६ हजार ५३८, मोरङबाट रु एक करोड ८५ लाख ८६ हजार ५७ र सुनसरीबाट रु एक करोड २६ लाख १९ हजार राजस्व संकलन भएको छ।
उदयपुरबाट रु ६२ लाख ७५ हजार, धनकुटाबाट रु ६३ लाख आठ हजार एक, इलामबाट रु ४८ लाख छ हजार तीन, ओखलढुंगाबाट रु ३७ लाख २८ हजार २०३, पाँचथरबाट रु ३१ लाख ४९ हजार, खोटाङबाट रु २२ लाख ४८ हजार र भोजपुरबाट रु १५ लाख ५०० राजस्व उठेको छ।
तेह्रथुमबाट रु १३ लाख ५७ हजार, सोलुखुम्बुबाट रु १४ लाख ७५ हजार, सङ्खुवासभाबाट रु १० लाख ४३ हजार र ताप्लेजुङबाट रु आठ लाख सात हजार ५०० राजस्व संकलन भएको कार्यालय प्रमुख प्रहरी उपरीक्षक दीपक गिरीले बताए।


