वीरगन्ज भन्सार कार्यालयले गर्‍यो चार महिनामा ७५ अर्ब ५८ करोड राजस्व संकलन

हिमाल प्रेस ८ मंसिर २०८२ १२:५३ | Monday, November 24, 2025
14
SHARES
वीरगन्ज भन्सार कार्यालयले गर्‍यो चार महिनामा ७५ अर्ब ५८ करोड राजस्व संकलन

पर्सा- वीरगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को चार महिनामा रु ७५ अर्ब ५८ करोड राजस्व संकलन गरेको छ।

भन्सार विभागले कार्यालयलाई चालु आवको चार महिनामा रु ८९ अर्ब २४ करोड राजस्व संकलन गर्ने लक्ष्य निर्धारण गरे पनि सो अवधिमा लक्ष्यको ८५ प्रतिशत मात्रै राजस्व संकलन भएको हो।

चालु आवको साउन, भदौ र असोज महिनामा राजस्व संकलन उत्साहजनक भए पनि कात्तिक महिनामा भने राजस्व संकलन उत्साहजनक देखिएको छैन।

वीरगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीले कात्तिक महिनामा जेनजी आन्दोलन, छठपर्व, बाढीलगायतका कारणले पनि राजस्व संकलन लक्ष्यअनुसार हुन नसकेको बताए।

‘चालु आवको तीन महिनामा राजस्व संकलन लक्ष्य उन्मुख भइरहेको थियो’, उनले भने,‘कात्तिक महिनामा रु २३ अर्ब ६३ करोड लक्ष्य राखिएकामा सो अवधिमा रु १७ अर्ब ३३ करोड राजस्व संकलन भएको छ।’

वीरगन्ज भन्सार कार्यालयका अनुसार साउन महिनामा रु १८ अर्ब ४४ करोड, भदौ महिनामा रु २० अर्ब ७३ करोड, असोज महिनामा रु १९ अर्ब नौ करोड र कात्तिक महिनामा भने रु १७ अर्ब ३३ करोड राजस्व संकलन भएको छ।

प्रकाशित: ८ मंसिर २०८२ १२:५३ | Monday, November 24, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast