‘गुँरासै फुल्दा वनै रमाइलो’ नयाँ भर्सनमा, मेलिना राईले दिइन् स्वर

हिमाल प्रेस २६ साउन २०८३ ११:४० | Tuesday, August 11, 2026
8
SHARES
‘गुँरासै फुल्दा वनै रमाइलो’ नयाँ भर्सनमा, मेलिना राईले दिइन् स्वर

काठमाडौँ- कुनैबेलाको चर्चित गीत ‘गुराँसै फुल्दा’ पुर्नजीर्वित भएको छ।  भारतीय गायिका साधना सरगमको स्वर रहेको गीतमा दयाराम दाहालको शब्द तथा सचिन सिंहको संगीत रहेको सोही गीत फिल्म ‘सुपरस्टार’मा समावेश थियो। अभिनेत्री प्रियंका कार्कीले निर्माण गरेको फिल्म ‘मास्टर्नी’मा गीतलाई ‘रि-क्रिएट’ गरेर समावेश गरिएको छ ।

संगीतकार वसन्त सापकोटाले ‘रि-क्रिएट’ गरेको गीतमा मेलिना राईले स्वर दिएकी छन्। संगीत संयोजन सुहास शाक्यको रहेको छ । गीतको भिडियोमा प्रियंका कार्की र वर्षा राउतले परम्परागत पहिरनमा आकर्षक नृत्य प्रस्तुत गरेका छन् । गम्भीर विष्टको कोरियोग्राफीमा तयार भएको भिडियोमा पवन सुस्लिङ्गको छायांकन, सम्पादन तथा कलर रहेको छ ।

‘मास्टर्नी’को यसअघि सार्वजनिक प्रमोसनल गीत ‘म्याथ सिक्ने भए’ विवादमा परेपछि युट्युबबाटै हटाउनु परेको थियो । यसपछि फिल्मको प्रचारका लागि प्रियंकाले भुवन केसीबाट अनुमति लिएर ‘गुराँस फुल्दा’लाई ‘रि-क्रिएट’ गरेकी हुन् । गीत रिलिज भएसँगै युट्युबमा सकारात्मक प्रतिक्रिया मिलेको छ । मेलिनाको स्वर र भिडियोमा झल्किएको मौलिकपनको दर्शकले प्रशंसा गरेका छन् ।

भदौ ५ गतेबाट प्रदर्शन हुने फिल्ममा प्रियंकासहित सिम्रन खड्का, आर्यन सिग्देल, गौरी मल्ल, दीपकराज गिरी, दीपाश्री निरौला, प्रमोद अग्रहरी, सरोज खनाल, जितु नेपाल, ऋचा शर्मा, अनुपविक्रम शाहीलगायतका कलाकारहरूको अभिनय रहेको छ । आयंका फिल्म्सको ब्यानरमा प्रियंका कार्की, क्याबिनेट श्रेष्ठ, आयुष्मान जोशी र प्रनित कार्कीले फिल्मको निर्माण गरेका हुन् ।

भारतीय मूलका शुभेन्द्र घोषको निर्देशनमा बनेको फिल्मका कार्यकारी निर्माता सुरक्षा सिंह मलहोत्रा ‘प्रियंका कार्कीकी आमा’ र सिमोस सुनुवार हुन्। प्रियंका स्वयंको कथा रहेको फिल्मको पटकथा शान बस्नेतले लेखेका हुन् । संवाद भने प्रियंका र शानको हो । युवराज इन्दोरियाको छायांकन रहेको फिल्मलाई राजा सिंह सिदुले सम्पादन गरेका छन् ।

प्रकाशित: २६ साउन २०८३ ११:४० | Tuesday, August 11, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast