‘म मदनकृष्ण’मा वर्षा राउत हरिवंशकी श्रीमतीको बन्ने

हिमाल प्रेस २६ साउन २०८३ ११:०१ | Tuesday, August 11, 2026
6
SHARES
‘म मदनकृष्ण’मा वर्षा राउत हरिवंशकी श्रीमतीको बन्ने

काठमाडौँ- मदनकृष्ण श्रेष्ठको जीवनीमा आधारित बायोपिक ‘म मदनकृष्ण’मा वर्षा राउत अनुबन्ध भएकी छन्। यो चलचित्रमा उनी हरिवंश आचार्यको अपोजिटको भूमिकामा देखिनेछिन्।

उनले ‘म मदनकृष्ण’मा हरिवंशको श्रीमतीको भूमिका निभाउने छिन्। हरिवंशको भूमिकामा यो चलचित्रमा अरुण क्षेत्री यसअघि नै अनुबन्ध भइसकेका छन् । अब ‘म मदनकृष्ण’मा वर्षाले अरुणको अपोजिटमा काम गर्नेछिन् ।

हरिवंशको अपोजिटमा वर्षाले काम गर्दा यही टिमले यसपछि बनाउने हरिवंशको बायोपिकमा पनि वर्षा नै यो भूमिकामा रहने निर्माण टिमले प्रेस नोटमा उल्लेख गरेको छ । अरुणले हरिवंशको बायोपिकमा मुख्य भूमिकामा साइन गरिसकेका छन् ।

प्रकाशित: २६ साउन २०८३ ११:०१ | Tuesday, August 11, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast