होर्मुजमा सामुद्रिक सेवाबापत शुल्क लगाउने इरानको तयारी

हिमाल प्रेस २६ साउन २०८३ ९:५५ | Tuesday, August 11, 2026
14
SHARES
होर्मुजमा सामुद्रिक सेवाबापत शुल्क लगाउने इरानको तयारी होर्मुज जलमार्ग। फाइल तस्बिर : एपी/रासस

इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले होर्मुज जलडमरूमध्यमा उपलब्ध गराइने सामुद्रिक सेवाबापत शुल्क लिइनुपर्ने बताएका छन्। इरान र ओमानबीच यस जलक्षेत्रमा नयाँ मार्ग निर्धारण गर्ने विषयमा भइरहेको वार्ताका क्रममा सेवा शुल्कबारे सोधिएको प्रश्नको जवाफ दिँदै प्रवक्ता बाघेईले भने, ‘सामान्यतया, जब सामुन्द्रिक सेवाहरू उपलब्ध गराइन्छ, त्यसको उचित सोधभर्ना हुनुपर्दछ ।’

यद्यपि, हाल यसबारे विस्तृत विवरणमा छलफल नभएको र केही प्राविधिक बुँदाहरूमा संवाद जारी रहेको उनले स्पष्ट पारे। बाघेईले इरान र ओमानबीचको वार्ता सकारात्मक र रचनात्मक रूपमा अघि बढिरहेको जानकारी दिए। प्रश्तावित सम्झौताअनुसार सुरक्षित ढुवानी सुनिश्चित गर्न, वातावरणीय मुद्दाहरू सम्बोधन गर्न, सामुन्द्रिक सेवाहरू प्रदान गर्न र यस क्षेत्रमा हुने अपराध नियन्त्रण गर्न आवश्यक संयन्त्रहरू स्थापना गरिनेछ।

सम्भावित सम्झौताअन्तर्गत, जलडमरूमध्यमा हाल रहेका उत्तरी र दक्षिणी मार्गहरूलाई विस्थापित गरी एउटा मध्यवर्ती मार्ग प्रयोगमा ल्याइने इरानको योजना छ । दुवै देशले नयाँ ट्राफिक व्यवस्थापन प्रणालीमा सहमति नजनाएसम्म यो नयाँ मार्ग अस्थायी रूपमा प्रयोग गरिने उनले बताए।  होर्मुज जलडमरूमध्यको अवरोधका सम्बन्धमा बोल्दै प्रवक्ता बाघेईले यसका लागि अमेरिका र इजरायलको सैन्य आक्रामकता जिम्मेवार रहेको आरोप लगाए। उनले इरानमाथि थोपरिएका प्रतिकूल परिस्थितिहरू हटेपछि मात्र जलमार्ग पुनः सञ्चालन हुनसक्ने सङ्केत गरे।

अमेरिका र इरानबीचको सम्बन्धका बारेमा स्पष्ट पार्दै उनले इरानले अमेरिकासँग प्रत्यक्ष वार्ता नगरेको तर मध्यस्थकर्तामार्फत सन्देशहरूको आदानप्रदान भइरहेको पुनः दोहोए।

प्रकाशित: २६ साउन २०८३ ९:५५ | Tuesday, August 11, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast