तीनवटा निर्माण कम्पनी कालोसूचीमा

हिमाल प्रेस २६ साउन २०८३ ८:०५ | Tuesday, August 11, 2026
14
SHARES
तीनवटा निर्माण कम्पनी कालोसूचीमा

काठमाडौँ- सार्वजनिक खरिद अनुगमन कार्यालयले तीनवटा कम्पनीलाई कालोसूचीमा राखेको छ। मंगलबार कार्यालयले सूचना जारी गर्दै तीनवटा कम्पनीलाई कालोसूचीमा राखेको जानकारी दिएको हो। यो सूचना गोरखापत्रमा प्रकाशन भएको छ।

स्पेक्स नेपाल प्रालीलाई एक वर्षका लागि कालोसूचीमा राखिएको छ। त्यस्तै जेडिएम आर बिल्डर्सलाई कार्यालयले एक वर्ष ६ महिनाका लागि कालोसूचीमा राखेको हो।

एमरएस श्रुस्थी कनटेक प्रालि हैदरावादलाई तीन वर्षका लागि कालोसूचीमा राखेको हो।

यी कम्पनीले अब कालोसूचीमा रहेको अधविभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन सक्ने छैनन्।

प्रकाशित: २६ साउन २०८३ ८:०५ | Tuesday, August 11, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast