नेपालको पहिलो कमेडी एक्ट बेस्ड रियालिटी शो ‘सुपर कमेडी लिग’को घोषणा

हिमाल प्रेस २५ साउन २०८३ ११:२५ | Monday, August 10, 2026
6
SHARES
नेपालको पहिलो कमेडी एक्ट बेस्ड रियालिटी शो ‘सुपर कमेडी लिग’को घोषणा

काठमाडौंँ- नेपालको पहिलो कमेडी एक्ट बेस्ड रियालिटी शो ‘सुपर कमेडी लिग’को औपचारिक घोषणा गरिएको छ । ओपन डोर्स इन्टरटेन्मेन्टले निर्माण गर्ने यो शो हास्य–व्यंग्यमा आधारित हुनेछ ।

शोमा महानायक राजेश हमालले लिग प्रेसिडेन्टको भूमिका निर्वाह गर्नेछन् । कलाकारहरू विल्सन बिक्रम राई, लुनिभा तुलाधर, रवीन्द्र झा र सुरक्षा पन्त क्याप्टेन तथा मेन्टरका रूपमा रहेका छन् ।

कार्यक्रमका लागि पाँच सहरमा अडिसन गरिने भएको छ । अडिसनबाट छनोट हुने ३२ जना प्रतिस्पर्धीलाई चार समूहमा विभाजन गरिनेछ । आठजनाको उक्त समूहको नेतृत्व चारजना क्याप्टेनहरुले गर्नेछन् ।

सुपर कमेडी लिग मूलतः समूहमा आधारित ढाँचामा प्रतिस्पर्धा हुने कार्यक्रम भएकोले एउटा स्क्रिप्टमा कम्तीमा दुईजना तथा आवश्यकता अनुसार सो भन्दा बढी प्रतिस्पर्धीले संयुक्त रूपमा प्रस्तुति दिनेछन् । पूर्वनिर्धारित विषय तथा थिममा आधारित प्रस्तुतिहरू मुख्यतः स्केच, स्किट तथा ड्रामेडी ९ड्रामा र कमेडी०लगायत शैलीमा प्रस्तुति तयार गरिने आयोजकले विज्ञप्तिमा उल्लेख गरेको छ ।

कार्यक्रमको नियमित प्रसारण भदौ अन्तिम सातादेखि सुरु हुनेछ ।

प्रकाशित: २५ साउन २०८३ ११:२५ | Monday, August 10, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast