सिराहामा गोली लागेर मृत्यु भएका गणेशको परिवारलाई मधेश सरकारले घर बनाइदिने

हिमाल प्रेस २३ साउन २०८३ ७:३५ | Saturday, August 8, 2026
8
SHARES
सिराहामा गोली लागेर मृत्यु भएका गणेशको परिवारलाई मधेश सरकारले घर बनाइदिने

काठमाडौँ- सिराहाको गोलबजारमा गोली लागेर मृत्यु भएका गणेश यादवको परिवारलाई मधेस प्रदेश सरकारले पक्की घर निर्माण गरिदिने भएको छ।

मधेस प्रदेश सरकारका शिक्षा तथा संस्कृतिमन्त्री मनोजकुमार सिंह र मृतक परिवारबिच शुक्रबार साँझ भएको सहमतिअनुसार मृतक यादवको परिवारका लागि दुई कोठे घर, किचन र शौचालय निर्माण गरिदिने भएको हो।

प्रदेश सरकारारा सञ्चालित ‘विपन्नसँग मदन भण्डारी आवास योजना’अन्तर्गत मृतक यादवको परिवारलाई घर बनाइने सहमति पत्रमा उल्लेख छ।

सुनसरीको देवानगन्ज घटनाका विषयमा सिराहाको गोलबजारमा यही साउन १४ गते भएको प्रदर्शनका क्रममा गोली लागेर यादवको मृत्यु भएको थियो। मृतक परिवारको आर्थिक अवस्था कमजोर रहेको पाइएकाले प्रदेश सरकारको तर्फबाट घर निर्माण गरिदिने सहमति भएको मन्त्री सिंहले बताए।

 

प्रकाशित: २३ साउन २०८३ ७:३५ | Saturday, August 8, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast