दुर्गम बस्तीमा विद्युत पहुँच विस्तार गर्न सरकारलाई निर्देशन

हिमाल प्रेस २२ साउन २०८३ १४:५६ | Friday, August 7, 2026
10
SHARES
दुर्गम बस्तीमा विद्युत पहुँच विस्तार गर्न सरकारलाई निर्देशन

काठमाडौँ- प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिले दुर्गम क्षेत्रका बस्तीहरूमा विद्युत पहुँच विस्तार गर्ने कार्यलाई तीव्रता दिन सरकारलाई निर्देशन दिएको छ।

सिंहदरवारमा शुक्रबार बसेको समिति बैठकले कर्णाली, सुदूरपश्चिम र दुर्गम क्षेत्रः केन्द्रीय विद्युत प्रसारण लाइन नपुगेका कर्णाली, सुदूरपश्चिम र अन्य दुर्गम क्षेत्रका बस्तीहरूमा विद्युत पहुँच विस्तार गर्ने कार्यलाई तीव्रता दिन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई निर्देशन दिएको हो।

बैठकले ठेक्का सम्झौता हुनुअघि नै विद्युतका पोल तथा अन्य संरचना कहाँ र कहिले स्थानान्तरण गर्ने भन्ने स्पष्ट कार्ययोजना, समयसीमा र बजेट निर्धारण गर्न समेत निर्देशन दिएको छ भने सडक ठेक्का र विद्युत संरचना स्थानान्तरणलाई छुट्टाछुट्टै नराखी सडक विभाग र विद्युत प्राधिकरणले एकीकृत रूपमा काम गर्न समेत निर्देशन दिएको समिति सभापति आशिष गजुरेलले जानकारी दिए।

त्यस्तै बैठकले सडक चौडाइ विस्तार र निर्माण सम्पन्न भएपछि पुनः पोल सार्नुपर्ने स्थिति आउन नदिन अन्तिम डिजाइन र विद्युत संरचनाको स्थान निर्धारणबीच समन्वय गर्न पनि निर्देशन दिएको छ भने बारम्बार बत्ती जाने र विद्युत आपूर्तिमा अवरोध हुने क्षेत्रको पहिचान गर्दै आवश्यकता अनुसार ट्रान्सफर्मर थप गर्ने, फिडर उपलब्ध गराउन र पुराना संरचना सुधार गर्न निर्देशन दिएको सभापति गजुरेलले बताए।

बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जनप्रतिनिधिको समन्वयमा आयोजनाहरू सञ्चालन गर्न र कार्यक्रम वर्गीकरण गर्न कार्यविधि अन्तिम चरणमा पुगेको जानकारी दिए।

मन्त्रालयको सिँचाइतर्फको अधिकार÷विषय प्रदेश र जिल्ला सिँचाइ कार्यालयहरूमा गइसकेको उनले बताए। उनले आम नागरिकलाई प्राविधिक वा नीतिगत विषयभन्दा पनि नियमित विद्युतको विषय सरोकार हुने भएकाले विद्युत आपूर्ति, माग र ट्रान्समिसन लाइनमा विषेश ध्यान दिइएको उल्लेख गरे।

उनले विद्युतको माग वार्षिक औसत १५ प्रतिशतले बढेको भए पनि सोही अनुपातमा वितरण प्रणाली र संरचनाहरूको विस्तार हुन नसकेको बताए। यस वर्ष सरकार र मन्त्रालयले ट्रान्समिसन लाइन र वितरण प्रणालीको स्तरोन्नतिलाई मुख्य प्राथमिकतामा राखेको उनको भनाइ छ।

उनले विगतमा खरिद प्रक्रिया ढिलो भएकाले हाल ट्रान्सफर्मरको केही अभाव रहेको भन्दै मिटरसम्बन्धी गुनासाहरू भने क्रमिक रूपमा घट्दै गएको जानकारी दिए।

प्रकाशित: २२ साउन २०८३ १४:५६ | Friday, August 7, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + 19 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast