काठमाडौँ- गृहमन्त्री सुधन गुरुङले जेनजी आन्दोलनको भावना अनुसार सरकार अघि बढिरहेको बताएका छन्।
काठमाडौँको बबरमहलमा रहेको घाइते जेनजी नेपाल केन्द्रीय कार्यालयको शुभारम्भ कार्यक्रममा मन्त्री गुरुङले जेनजी आन्दोलनको जगमा वर्तमान सरकार गठन भएकाले त्यसै अनुसार सरकार अघि बढिरहेको बताए।
उनले आफूलाई जेनजी युवाको विचार र परिवर्तनको आशाको प्रतिनिधि मान्दै उनीहरूको इज्जत र विश्वास जोगाउनु आफ्नो मुख्य कर्तव्य रहेको उल्लेख गरे। नेपालीहरूको शिर कहिल्यै नझुक्ने र भविष्यमा पनि नझुक्ने उनले बताए।
उनले सदनमा भाषण गर्नभन्दा पनि जनताका समस्या सुन्नु, नीति–योजना बनाएर प्रत्यक्ष काम गर्नु आफ्नो प्राथमिकता रहेको स्पष्ट पारे। आफूले मन्त्रालय सम्हालेको चार महिनासम्म पनि राम्रोसँग काम गर्न नपाएको उनले बताए।
जेनजी नेपाल केन्द्रीय कार्यालयको उद्घाटन भने जेनजी आन्दोलनका सहिद श्रीयम चौलागाईंका बुबा गणेश चौलागाईं र पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले गरेका थिए।


