प्रतिनिधिसभाको एक महिने कार्यसूची सार्वजनिक, साउनमा ३ दिन बैठक बस्ने

हिमाल प्रेस २१ साउन २०८३ १३:१६ | Thursday, August 6, 2026
10
SHARES
प्रतिनिधिसभाको एक महिने कार्यसूची सार्वजनिक, साउनमा ३ दिन बैठक बस्ने संघीय प्रतिनिधिसभा बैठक। फाइल तस्बिर

काठमाडौँ- संघीय संसद्, प्रतिनिधिसभाको क्यालेन्डर सार्वजनिक भएको छ । सचिवालयले सार्वजनिक गरेको क्यालेन्डरमा साउन १५ देखि भदौ १५ गतेसम्ममा प्रतिनिधि सभाको बैठक कुल १० दिन बस्नेछ।

कार्यतालिका अनुसार साउन महिनामा अब ३ दिन र भदौको पहिलो १५ दिनमा ६ दिन गरी जम्मा १० दिन संसद् बैठकका लागि दिन तय गरिएको छ।

सम्भावित कार्यतालिका अनुसार साउन महिनामा २२, २५ र २६ गते बैठक बस्नेछ । भदौ महिनामा १५ गतेसम्म १, २, ३, ८, ९ र १० गते बैठक बस्नेछ ।

कार्यतालिका अनुसार साउन २४ र भदौ ४, ५, ६ र ७ गते भने संसदीय समितिका बैठकहरूका लागि समय छुट्याइएको छ, जसका कारण ती दिनहरूमा प्रतिनिधि सभाको पूर्ण बैठक नबस्ने भएको छ ।

प्रकाशित: २१ साउन २०८३ १३:१६ | Thursday, August 6, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast