काठमाडौँ- नेपालकै अग्रणी अनलाइन किनमेल प्लेटफर्म दराज नेपालले बहुप्रतीक्षित ‘८.८ ग्रेट एट सेल’ सञ्चालन गर्ने भएको छ। कम्पनीका अनुसार साउन २२ गते राति ८ बजेदेखि साउन २७ गतेसम्म (अगस्ट ७–१२, २०२६) सञ्चालन हुने अभियानमा ग्राहकले ७० प्रतिशतसम्म छुट, निःशुल्क डेलिभरी, डिजिटल भुक्तानीमा अतिरिक्त बचत तथा दैनिक उपहार जित्ने अवसर पाउनेछन्।
दराजका अनुसार अभियान अवधिभर ५० लाख रुपैयाँ बराबरका भौचर वितरण गरिनेछ। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लोकप्रिय ब्रान्डका उत्पादनमा विशेष छुट उपलब्ध हुनेछ। प्लाटिनम ब्रान्ड पार्टनरअन्तर्गत होनासा र बेयर एनाटमीका उत्पादनमा १० प्रतिशतसम्म, गोल्ड ब्रान्ड पार्टनर ब्रान्डहाउसका उत्पादनमा ६० प्रतिशतसम्म तथा सिल्भर ब्रान्ड पार्टनर न्यूलाइट, यूग्रिन, जीएनसी र बियर्डोका चयनित उत्पादनमा ७० प्रतिशतसम्म छुट दिइने कम्पनीले जनाएको छ।
किनमेललाई थप आकर्षक बनाउन अभियान अवधिभर ‘ब्रान्ड रश आवर’ सञ्चालन गरिनेछ। अभियान सुरु हुने दिन अगस्ट ७ को राति ८ बजेदेखि अगस्ट ८ को बिहान २ बजेसम्म पहिलो विशेष सेसन हुनेछ भने अगस्ट ९ देखि १२ सम्म हरेक दिन बेलुका ८ बजेदेखि १० बजेसम्म ब्रान्ड रश आवर सञ्चालन गरिनेछ। यस अवधिमा ७५ भन्दा बढी प्रतिष्ठित ब्रान्डका उत्पादनमा विशेष छुट उपलब्ध हुने कम्पनीको दाबी छ। दैनिक फ्ल्यास सेलमार्फत पनि सीमित अवधिका आकर्षक अफर उपलब्ध गराइनेछ।
दराजले ईसेवासँगको सहकार्यमा डिजिटल भुक्तानीमा पनि अतिरिक्त छुटको व्यवस्था गरेको छ। अगस्ट ७ को राति ८ बजेदेखि मध्यरातसम्म ईसेवाबाट भुक्तानी गर्दा १० प्रतिशतसम्म (अधिकतम २०० रुपैयाँ) छुट पाइनेछ। त्यस्तै, अगस्ट ८ देखि ११ सम्म हरेक दिन बेलुका ८ देखि १० बजेसम्म ईसेवामार्फत खरिद गर्दा ९ प्रतिशतसम्म (अधिकतम १५० रुपैयाँ) अतिरिक्त छुट प्रदान गरिने कम्पनीले जनाएको छ।
अभियानको अर्को आकर्षण ‘डेली मिस्ट्री डिल्स एन्ड गिभअवेज’ रहनेछ। यसअन्तर्गत हरेक दिन एक जना भाग्यशाली ग्राहकले करिब १५ हजार रुपैयाँ बराबरको पुरस्कार जित्ने अवसर पाउनेछन्। ग्राहकले दराज नेपालको आधिकारिक इन्स्टाग्राम पेजमा सार्वजनिक गरिएका ‘मिस्ट्री’ उत्पादनको सही अनुमान गरी सहभागी हुन सक्ने व्यवस्था गरिएको छ।
दराजले आकर्षक छुट, विशेष ब्रान्ड अफर, डिजिटल भुक्तानीमा अतिरिक्त बचत, निःशुल्क डेलिभरी र दैनिक पुरस्कार कार्यक्रमसहित ‘८.८ ग्रेट एट सेल’ यस सिजनकै सबैभन्दा ठूलो तथा लाभदायी अनलाइन किनमेल अभियानमध्ये एक हुने विश्वास व्यक्त गरेको छ।


