बक्यौता महशुल तिर्दा जरिवाना छुट दिने नेपाल टेलिकमको घोषणा

हिमाल प्रेस २१ साउन २०८३ ११:२१ | Thursday, August 6, 2026
बक्यौता महशुल तिर्दा जरिवाना छुट दिने नेपाल टेलिकमको घोषणा

काठमाडौँ- नेपाल टेलिकमले कम्पनीका विभिन्न दूरसञ्चार सेवा प्रयोग गरी महशुल तिर्न बाँकी रहेका ग्राहकलाई जरिवाना छुट दिने व्यवस्था गरेको छ।

कम्पनीले जारी गरेको सूचनाअनुसार आर्थिक वर्ष २०८०/८१ सम्मको बक्यौता रकम २०८३ साल पुस मसान्तभित्र भुक्तानी गर्ने ग्राहकलाई सो बक्यौतामा लाग्ने जरिवाना पूर्ण रूपमा छुट दिइनेछ।

टेलिकमले यस्तो सुविधाको लाभ लिन सम्बन्धित ग्राहकलाई नजिकको दूरसञ्चार कार्यालयमा सम्पर्क गरी बक्यौता भुक्तानी गर्न आग्रह गरेको छ।

कम्पनीका अनुसार यो व्यवस्था विभिन्न प्रकारका दूरसञ्चार सेवा प्रयोग गरेबापत तिर्नुपर्ने महशुल बाँकी रहेका ग्राहकलाई लक्षित गरी लागू गरिएको हो।

कम्पनीले तोकिएको अवधिभित्र बक्यौता रकम भुक्तानी नगर्ने ग्राहकको नामावली कम्पनीको वेबसाइट तथा राष्ट्रिय पत्रिकामार्फत सार्वजनिक सूचना प्रकाशन गरी कानुनी प्रक्रिया अनुरूप असुली अभियान अघि बढाइने पनि जनाएको छ।

नेपाल टेलिकमले जरिवाना छुटको व्यवस्थाबाट ग्राहकलाई राहत पुग्नुका साथै कम्पनीको बक्यौता रकम असुलीमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।

प्रकाशित: २१ साउन २०८३ ११:२१ | Thursday, August 6, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast