काठमाडौँ- नेकपा माओवादी केन्द्रले जारी मतगणनामा समानुपातिकतर्फ एकलाख मत कटाएको छ। निर्वाचन आयोगको पछिल्लो तथ्यांकअनुसार माओवादीले माओवादी केन्द्रले १ लाख ३६४ मत ल्याएको छ।
समानुपातिकमा नेकपा एमाले पहिलो स्थानमा छ। एमालेले २ लाख ४१ हजार ५९४ मत ल्याएको छ। नेपाली कांग्रेस दोस्रोमा छ। कांग्रेसले २ लाख १८ हजार ७०७ मत ल्याएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीको १ लाख ११ हजार ३९४ मत ल्याएको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टी ५७ हजार २३६, जनता समाजवादी पार्टीले १८हजार ७४७, जनमत पार्टी १७ हजार ५६३, नेपाल मजदुर किसान पार्टीले १६ हजार ४७७, नेकपा एकीकृत समाजवादीले १३ हजार २२४, नागरिक उन्मुक्ति पार्टीले ११ हजार ७३४ ल्याएको छ।
प्रकाशित: ७ मंसिर २०७९ १२:४५ | Wednesday, November 23, 2022
प्रतिक्रिया



