सबैभन्दा बढी वर्षा रौतहटमा

हिमाल प्रेस २० साउन २०८३ १७:०१ | Wednesday, August 5, 2026
8
SHARES
सबैभन्दा बढी वर्षा रौतहटमा फाइल तस्बिर

काठमाडौँ- मनसुनी गतिविधि जारी रहे पनि अगस्त महिनासम्म आइपुग्दा यस वर्ष औसतभन्दा कम वर्षा भएको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो २४ घण्टामा देशभर औसत १५.७ मिलिमिटर वर्षा मापन भएको छ।

विभागका अनुसार देशका ४२९ वर्षा मापन केन्द्रमध्ये २११ केन्द्रमा वर्षा भएको छ। पछिल्लो २४ घण्टामा सबैभन्दा बढी रौतहटको संगोलीमा १०८.२ मिलिमिटर वर्षा मापन गरिएको छ।

यस अवधिमा सबैभन्दा बढी अधिकतम तापक्रम सिरहाको लहानमा ३६.० डिग्री सेल्सियस र सबैभन्दा कम न्यूनतम मनाङको हुम्डेमा १०.० डिग्री सेल्सियस रेकर्ड गरिएको विभागले जनाएको छ।

विभागका अनुसार अगस्त महिनाको औसत वर्षा ४३७.६ मिलिमिटर रहेकोमा हालसम्म जम्मा ५८.२ मिलिमिटर वर्षा मात्र मापन भएको छ।

हाल मनसुन सक्रिय रहेकाले आगामी केही दिन देशका विभिन्न स्थानमा वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ।

विभागले वर्षासँगै नदी तथा खोला आसपासका क्षेत्रमा सतर्कता अपनाउन तथा मौसमसम्बन्धी नियमित सूचना अनुसरण गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।

प्रकाशित: २० साउन २०८३ १७:०१ | Wednesday, August 5, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast