शिक्षक सेवा आयोग अध्यक्ष-सदस्य छनोटको कार्यविधि परिमार्जन

हिमाल प्रेस २० साउन २०८३ ११:२८ | Wednesday, August 5, 2026
52
SHARES
शिक्षक सेवा आयोग अध्यक्ष-सदस्य छनोटको कार्यविधि परिमार्जन

काठमाडौँ- शिक्षक सेवा आयोगका अध्यक्ष र सदस्य नियुक्तिका लागि नाम सिफारिस गर्न गठित सिफारिस समितिले बैठक तथा छनोटसम्बन्धी कार्यविधिमा संशोधन गरेको छ।

शिक्षा तथा प्रविधि मन्त्रालयअन्तर्गतको शिक्षा सेवा आयोगका अध्यक्ष र सदस्य नियुक्तिका लागि गठित सिफारिस समितिले २०८३ असार ३२ गते स्वीकृत ‘शिक्षक सेवा आयोगका अध्यक्ष र सदस्य नियुक्तिका लागि सिफारिस गर्न गठित सिफारिस समितिको बैठक र छनोट सम्बन्धी कार्यविधि, २०८३’ को दफा १२ को उपदफा (१) मा संशोधन गरिएको जनाएको हो।

समितिको २०८३ साउन १९ गते बसेको बैठकको निर्णयअनुसार कार्यविधिको दफा १० को उपदफा (१) मा रहेको व्यवस्था संशोधन गरिएको सूचनामा उल्लेख छ। यसअघि उक्त उपदफामा रहेको ‘कार्यविधिको दफा १० को उपदफा (१) को खण्ड (क) र (ख) अनुसार’ भन्ने वाक्यांशलाई संशोधन गरी अब ‘कार्यविधिको दफा १० को उपदफा (१) को खण्ड (क), (ख) र (ग) अनुसार’ कायम गरिएको छ।

मन्त्रालयले संशोधित व्यवस्था सम्बन्धित सबैको जानकारीका लागि सार्वजनिक सूचना प्रकाशित गरेको जनाएको छ।

प्रकाशित: २० साउन २०८३ ११:२८ | Wednesday, August 5, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast