सुनको भाउ घट्यो, आज कति छ?

हिमाल प्रेस १९ साउन २०८३ ११:५१ | Tuesday, August 4, 2026
8
SHARES
सुनको भाउ घट्यो, आज कति छ?

काठमाडौँ- नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८३ हजार ८०० रुपैयाँ कायम भएको छ। सोमबार प्रतितोला २ लाख ८४ हजार रुपैयाँ रहेको सुनको मूल्य आज २०० रुपैयाँले घटेको हो। आज १० ग्राम सुनको मूल्य २ लाख ४३ हजार ३१० रुपैयाँ तोकिएको छ।

चाँदीको मूल्य भने बढेको छ। सोमबार प्रतितोला ४ हजार ३५० रुपैयाँ रहेको चाँदीको मूल्य आज ३० रुपैयाँले बढेर ४ हजार ३८० रुपैयाँ पुगेको महासंघले जनाएको छ। आज १० ग्राम चाँदीको मूल्य ३ हजार ७५५ रुपैयाँ कायम गरिएको छ।

 

प्रकाशित: १९ साउन २०८३ ११:५१ | Tuesday, August 4, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast