भ्यानले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

हिमाल प्रेस १७ साउन २०८३ १३:०८ | Sunday, August 2, 2026
8
SHARES
भ्यानले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

काठमाडौँ- कपिलवस्तुमा स्कारपियो र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक महिला घाइते भएकी छन्।

शिवराज नगरपालिका –०५ चन्द्रौटास्थित आलोक होटल नजिक पूर्व–पश्चिम राजमार्गमा स्कारपियो र मोटरसाइकल ठोक्किँदा

मोटरसाइकल चालक शिवराज नगरपालिका –०२ हल्लानगर बस्ने १८ वर्षीय शिखर वि।क। गम्भीर घाइते भएका थिए। निधार तथा हातखुट्टामा चोट लागेका उनलाई तत्काल आधारभूत स्वास्थ्य सेवा अस्पताल चन्द्रौटा लगिएको थियो भने उनको उपचारकै क्रममा राति ११:४० बजे चिकित्सकले मृत घोषणा गरेका हुन्।

शनिबार राति करिब ११ बजे पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको लु.प्र.०१–००१ च २०५४ नम्बरको स्कारपियोले विपरीत दिशाबाट जाँदै गरेको लु १४ प ५१९० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको प्रहरीको केन्द्रीय समाचार विभागले जनाएको छ।

दुर्घटनामा मोटरसाइकलको पछाडि सवार सोही स्थानकी २१ वर्षीया शोभा सिर्पालीको टाउकोमा भित्री चोट लागेको छ । उनको चौरहा अस्पताल बुटवलमा उपचार भईरहेको छ। दुर्घटनामा संलग्न स्कारपियो, मोटरसाइकल तथा स्कारपियो चालक दाङको घोराही उपमहानगरपालिका –१५ बस्ने २६ वर्षीय केशव रिजाललाई नियन्त्रणमा लिईएको छ । घटनाबारे थप अनुसन्धान समेत भईरहेको छ ।

प्रकाशित: १७ साउन २०८३ १३:०८ | Sunday, August 2, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast