घट्यो सुनको भाउ

हिमाल प्रेस १७ साउन २०८३ ११:१४ | Sunday, August 2, 2026
18
SHARES
घट्यो सुनको भाउ

काठमाडौँ- सुनको मूल्य घटेको छ। नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८३ हजार २ सय रुपैयाँ कायम भएको हो।

त्यस्तै, १० ग्राम सुनको मूल्य २ लाख ४२ हजार ८ सय रुपैयाँ निर्धारण गरिएको छ। शुक्रबार प्रतितोला २ लाख ८५ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला १ हजार ८ सय रुपैयाँले घटेको हो। त्यसदिन १० ग्राम सुनको मूल्य २ लाख ४४ हजार ३ सय ४० रुपैयाँ थियो।

यस्तै, चाँदीको मूल्य पनि घटेको छ। महासंघका अनुसार आज चाँदी प्रतितोला ४ हजार ३ सय १५ रुपैयाँ तथा १० ग्राम ३ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार चाँदी प्रतितोला ४ हजार ३ सय ६० रुपैयाँ तथा १० ग्राम ३ हजार ७ सय ३८ रुपैयाँ कायम भएको थियो।

प्रकाशित: १७ साउन २०८३ ११:१४ | Sunday, August 2, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 19 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast