आफ्नै हजुरआमाको हत्या गरेको आरोपमा १८ वर्षीय नाति पक्राउ

हिमाल प्रेस १६ साउन २०८३ ७:४८ | Saturday, August 1, 2026
16
SHARES
आफ्नै हजुरआमाको हत्या गरेको आरोपमा १८ वर्षीय नाति पक्राउ

काठमाडौँ- रौतहटको कटहरिया नगरपालिका–३ बरेडवा टोलमा आफ्नै हजुरआमाको हत्या गरेको आरोपमा १८ वर्षीय नातिलाई प्रहरीले पक्राउ गरेको छ।

अस्ति १४ गते बिहीबार साँझ करिब ६ बजे स्थानीय अन्दाजी ७५ वर्षीया तेतरी खातुन आफ्ना माइलो छोरा शेख निमुदिनको टालीको छानो भएको घरको खाटमा मृत अवस्थामा फेला परेकी थिइन्। घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख प्रहरी नायब उपरीक्षक ९डीएसपी० शंकर प्रसाद आचार्यको नेतृत्वमा इलाका प्रहरी कार्यालय कटहरियासहितको प्रहरी टोली घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको थियो।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी वसन्त गौतमका अनुसार घटनालाई शंकास्पद ठहर गर्दै मृतकका १८ वर्षीय नाति साहिद शेखलाई नियन्त्रणमा लिएर सोधपुछ तथा अनुसन्धान गरिएको थियो।

अनुसन्धानका क्रममा साहिद शेखले आफ्नै हजुरआमाको हत्या गरेको खुलेको प्रवक्ता गौतमले जानकारी दिएका छन्।

घटनाका सम्बन्धमा पक्राउ परेका साहिद शेखमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले शुक्रबार राति जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।

 

प्रकाशित: १६ साउन २०८३ ७:४८ | Saturday, August 1, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast