शिल्पा शेट्टी काठमाडौँमा, पर्यटन र वेडिङ उद्योगसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुने

हिमाल प्रेस १५ साउन २०८३ १५:५३ | Friday, July 31, 2026
6
SHARES
शिल्पा शेट्टी काठमाडौँमा, पर्यटन र वेडिङ उद्योगसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुने

काठमाडौँ- चर्चित बलिउड अभिनेत्री शिल्पा सेट्टी काठमाडौँ आइपुगेकी छन्। शुक्रबारदेखि हाेटल सोल्टी, कालिमाटीमा सुरु हुने ईएमएफ एसीई ग्लोबल कन्भेन्सन एन्ड अवार्ड २०२६ मा सहभागी हुन उनी नेपाल आएकी हुन्।

दुई दिने सम्मेलनमा इभेन्ट व्यवस्थापन, वेडिङ, पर्यटन र आतिथ्य उद्योगका अन्तर्राष्ट्रिय सरोकारवालाबीच सहकार्य, लगानी विस्तार तथा गन्तव्य प्रवर्द्धनका विषयमा छलफल हुनेछ।

आयोजकका अनुसार सम्मेलनमा भारतसहित सात देशका करिब पाच सय जना इभेन्ट, वेडिङ, पर्यटन तथा आतिथ्य क्षेत्रका व्यवसायी, लगानीकर्ता र गन्तव्य विशेषज्ञ सहभागी हुनेछन्।

सम्मेलनले नेपाललाई अन्तर्राष्ट्रिय वेडिङ तथा एमआईसीई (बैठक, प्रोत्साहन, सम्मेलन र प्रदर्शनी) गन्तव्यका रूपमा स्थापित गर्ने, निजी क्षेत्रबीच साझेदारी विस्तार गर्ने तथा पर्यटन प्रवर्द्धनमा नयाँ अवसर सिर्जना गर्ने लक्ष्य राखेको छ।

सम्मेलनमा बलिउड अभिनेता शक्ति कपुर र विक्रान्त मासे पनि सहभागी हुने आयोजकले जनाएको छ। त्यस्तै नेपाली मूलकी बलिउड अभिनेत्री मनीष काेइराला कार्यक्रममा विशेष अतिथिका रूपमा सहभागी हुनेछिन्।

शिल्पाको नेपालसँग पुरानो सम्बन्ध छ। उनी यसअघि पनि विभिन्न अवसरमा नेपाल आइसकेकी छन् भने पशुपतिनाथ मन्दिरको दर्शनदेखि नेपाली संस्कृति र प्राकृतिक सौन्दर्यप्रति आफ्नो आकर्षण सार्वजनिक रूपमा व्यक्त गर्दै आएकी छन्।

उनको यसपटकको भ्रमणले सम्मेलनको अन्तर्राष्ट्रिय आकर्षण बढाउनुका साथै नेपालको पर्यटन, वेडिङ र आतिथ्य उद्योगको विश्वव्यापी प्रवर्द्धनमा थप टेवा पुग्ने अपेक्षा गरिएको छ।

प्रकाशित: १५ साउन २०८३ १५:५३ | Friday, July 31, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast