तराई-मधेशबाट प्रतिनिधित्व गर्ने सांसदहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाह

हिमाल प्रेस १५ साउन २०८३ १५:४५ | Friday, July 31, 2026
8
SHARES
तराई-मधेशबाट प्रतिनिधित्व गर्ने सांसदहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाह

काठमाडौँ- प्रधानमन्त्री वालेन्द्र शाहले तराई–मधेशबाट प्रतिनिधित्व गर्ने सांसदहरूसँग छलफल सुरु गरेका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सुरु भएको छलफल त्यस क्षेत्रमा भएका पछिल्लो घटना र त्यसबाट उत्पन्न अवस्थामा केन्द्रित भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

छलफलमा सांसदहरु रहबर अन्सारी, नितिमा भण्डारी (कार्की), रविन्द्र पटेल, मनिष झा, रविन महतो, राजकिशोर महतो, गणेश धिमाल, चन्दन सिंह, बिक्रम थापा, मोहनलाल आचार्य, गजाला शमिम मिकरानीलगायत सांसद उपस्थित छन्।

प्रधानमन्त्री शाहले यसअघि आजै मधेशकेन्द्रित दलका नेताहरूसँग पनि छलफल गरेका थिए।

प्रकाशित: १५ साउन २०८३ १५:४५ | Friday, July 31, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast