हरियो तरकारीको मूल्य : रायोसाग २००, काउली १०० र गोलभेँडा ५० रुपैयाँ

हिमाल प्रेस १५ साउन २०८३ ८:३६ | Friday, July 31, 2026
6
SHARES
हरियो तरकारीको मूल्य : रायोसाग २००, काउली १०० र गोलभेँडा ५० रुपैयाँ

काठमाडौँ- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि विभिन्न हरियो तरकारीको अधिकतम थोक मूल्य निर्धारण गरेको छ।

समितिका अनुसार ठूलो नेपाली गोलभेँडा प्रतिकिलो ५० रुपैयाँ, टनेल गोलभेँडा ३० रुपैयाँ, स्थानीय काउली १०० रुपैयाँ, स्थानीय बन्दा ३० रुपैयाँ, गाजर (लोकल) ११० रुपैयाँ र तराई गाजर ८० रुपैयाँ कायम गरिएको छ।

भन्टा लाम्चो ५० रुपैयाँ, भन्टा डल्लो ६० रुपैयाँ, बोडी तने ७० रुपैयाँ, मकै बोडी ९० रुपैयाँ, लौका ७० रुपैयाँ, घिरौँला ६० रुपैयाँ, भिन्डी ५० रुपैयाँ, स्कुस ७० रुपैयाँ तथा फर्सी ६० देखि ८० रुपैयाँसम्म निर्धारण गरिएको छ।

त्यस्तै रायोसाग र पालुङ्गो प्रतिकिलो २०० रुपैयाँ, तोरीको साग १५० रुपैयाँ, हरियो प्याज १५० रुपैयाँ, ब्रोकाउली १२० रुपैयाँ, निगुरो १०० रुपैयाँ, कुरिलो ५०० रुपैयाँ र विभिन्न प्रकारका च्याउको मूल्य २८० रुपैयाँदेखि १ हजार रुपैयाँसम्म तोकिएको समितिले जनाएको छ।

प्रकाशित: १५ साउन २०८३ ८:३६ | Friday, July 31, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast