प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बे।फाइल तस्बिर
काठमाडौँ- नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले देशका विभिन्न स्थानमा बढ्दो तनावप्रति चिन्ता व्यक्त गर्दै शान्ति, सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राख्न सबैसँग अपिल गरेका छन्।
सुनसरीबाट सुरु भएको तनाव सिरहा, धनुषा र पर्सासम्म फैलिँदा तीन जनाले ज्यान गुमाएको घटनाप्रति दुःख व्यक्त गर्दै नेपाल विविधता र सहअस्तित्वको देश भएकाले सामाजिक एकतालाई कमजोर हुन दिन नहुने उनले बताएका छन्।
धर्मका नाममा घृणा र हिंसा फैलाउने प्रयासबाट सचेत रहनुपर्ने तथा सबै राजनीतिक दल, धार्मिक अगुवा, सञ्चारमाध्यम र युवापुस्ताले समाजलाई जोड्ने भूमिका खेल्नुपर्ने उनले उल्लेख गरेका छन्।
सरकारले बल प्रयोगभन्दा संवाद, विश्वास र कानुनी प्रक्रियालाई प्राथमिकता दिनुपर्ने तथा घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनबमोजिम कारबाही गर्नुपर्ने उनले बताएका छन्।


