वीरगन्जमा निषेधाज्ञा, पाँच जनाभन्दा बढी भेला हुन रोक

हिमाल प्रेस १४ साउन २०८३ १७:४९ | Thursday, July 30, 2026
वीरगन्जमा निषेधाज्ञा, पाँच जनाभन्दा बढी भेला हुन रोक

वीरगन्ज- पर्सा प्रशासनले वीरगन्ज महानगरपालिकाका मुख्य क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ।

जिल्ला सुरक्षा समितिको निर्णयका आधारमा प्रमुख जिल्ला अधिकारी भोला दाहालले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(३क) बमोजिम बिहीबार साँझ ५ बजेदेखि शुक्रबार बिहान ६ बजेसम्म लागू हुने गरी निषेधाज्ञा आदेश जारी गरेका हुन्।

आदेशअनुसार तोकिएको क्षेत्रमा पाँच जनाभन्दा बढी व्यक्ति जम्मा हुन, सभा, जुलुस तथा प्रदर्शन गर्न पूर्ण रूपमा रोक लगाइएको छ। प्रशासनले आदेश उल्लंघन गर्ने व्यक्तिलाई नियन्त्रणमा लिएर प्रचलित कानुनबमोजिम कारबाही गरिने चेतावनी दिएको छ।

निषेधाज्ञा लागू गरिएको क्षेत्रको पूर्वी सीमा प्रतिमा चोक बसपार्क बाइपास रोड, पश्चिममा तिलावे पुल, उत्तरमा गण्डक चोक र दक्षिणमा शंकराचार्य गेटसम्म तोकिएको छ।

पछिल्ला दिनहरूमा विभिन्न जिल्लामा सुरक्षा अवस्था संवेदनशील बन्दै गएपछि स्थानीय प्रशासनले शान्तिसुरक्षा र सार्वजनिक सुव्यवस्था कायम राख्न उक्त आदेश जारी गरेको जनाएको छ।

प्रकाशित: १४ साउन २०८३ १७:४९ | Thursday, July 30, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast