बुटवल- सामाजिक सद्भाव कायम राख्न आह्वान गर्दै बुधबार बुटवलमा सद्भाव र्याली निकालिएको छ।
‘सद्भाव नै हाम्रो धर्म, एकता नै हाम्रो शक्ति’ भन्ने नारासहित बुटवलमा शान्तिपूर्ण सद्भाव र्याली निकालिएको हो।
राजा–ए मुस्तफा मस्जिद समिति माजिना मदरसा मस्जिद र एमआरआरले बुटवलमा सुनसरीमा उत्पन्न घटनालाई मध्यनजर गरी सदभाव र्याली निकालेको हो।
बुटवल राजमार्ग चौराहाबाट निकालिएको उक्त सद्भाव र्याली ट्राफिकचोकमा पुगेर समापन गरिएको थियो।
समाजमा सद्भाव कायम राख्ने दायित्व सबै नेपालीको भएकाले सद्भाव र्याली निकालिएको रजा मुस्तफा मस्जित समितिका अध्यक्ष अब्दुल सहमत मियाले बताए।
‘बहुल जाति, भाषा, धर्म, संस्कृति छन् विशाल अग्रगामी राष्ट्र हाम्रो, जय जय नेपाल’ लेखिएको ब्यानरसहित र्याली निकालिएको थियो।
प्रकाशित: १३ साउन २०८३ २१:३३ | Wednesday, July 29, 2026
प्रतिक्रिया


