विराटनगरमा निकालियो सद्भाव र्‍याली

हिमाल प्रेस १५ साउन २०८३ १८:०९ | Friday, July 31, 2026
12
SHARES
विराटनगरमा निकालियो सद्भाव र्‍याली

काठमाडौँ- ‘सद्भाव नै हाम्रो धर्म, एकता नै हाम्रो शक्ति’ भन्ने नारासहित विराटनगरमा शान्तिपूर्ण सद्भाव र्‍याली आयोजना गरिएको छ।

साउन १० गते सुनसरीको देवानगञ्ज गाँउपालिकामा भएको घटनाका कारण अन्य ठाँउमा समेत देखिएको विवाद र आन्दोलन अन्त्य गर्दै धार्मिक, जातीय तथा साम्प्रदायिक सद्भाव कायम गराउन सद्भाव र्‍याली आयोजना गरिएको हो।

विराटनगरको महेन्द्र चोकबाट सुरु भएको शान्तिर्पूण सद्भाव र्‍याली नगरको विभिन्न भागको परिक्रमापछि जिल्ला प्रशासन कार्यालय मोरङ अगाडि समापन भएको थियो।

समापन कार्यक्रमलाई सम्बोधन गर्दै मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कटेलले धार्मिक एवम् साम्प्रदायिक घटनाहरुबाट आपसमा द्वन्द्व र वैमनस्यता बढाउने मात्र नभइ शान्ति सुरक्षामा समेत प्रभाव पर्ने भएकाले आपसमा मिलेर धार्मिक सद्भाव भड्काउनेहरुलाई निरुत्साहित गर्नुपर्ने धारणा व्यक्त गरे।

जिल्ला प्रशासन कार्यालय मोरङको पहलमा आयोजित सद्भाव र्‍यालीमा विभिन्न धार्मिक संघ संगठनका प्रतिनिधिहरु, राजनैतिक दलका प्रतिनिधिहरु, उद्योगी व्यापारी, मजदुर र नागरिक समाजका व्यक्तिहरुको सहभागिता रहेको थियो।

प्रकाशित: १५ साउन २०८३ १८:०९ | Friday, July 31, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast