आज पनि घट्यो सुनको भाउ

हिमाल प्रेस १३ साउन २०८३ ११:४१ | Wednesday, July 29, 2026
16
SHARES
आज पनि घट्यो सुनको भाउ

काठमाडौँ- सुनको मूल्य घट्दा चाँदीको मूल्य बढेको छ । मंगलबारको तुलनामा बुधबार छापावाल सुनको मूल्य तोलामा १ हजार रुपैयाँले घटेको हो। योसँगै बुधबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८३ हजार २०० रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार ४ हजार ३०० रुपैयाँले घटेर छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८४ हजार २०० रुपैयाँमा थियो । सोमबार १ हजार ४०० रुपैयाँले बढेर छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८८ हजार ५०० रुपैयाँ थियो । आइतबार १ हजार ६०० रुपैयाँले बढेर सुनको मूल्य प्रतितोला २ लाख ८७ हजार १०० रुपैयाँमा थियो ।

बुधबार चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेर ४ हजार ३२० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । मंगलबार चाँदीको मूल्य तोलामा १३५ रुपैयाँले घटेर ४ हजार ३१० रुपैयाँ थियो ।

सोमबार चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले बढेर ४ हजार ४४५ रुपैयाँमा कारोबार भएको थियो । आइतबार चाँदीको मूल्य तोलामा ६० रुपैयाँले बढेर ४ हजार ४१० रुपैयाँमा थियो।

प्रकाशित: १३ साउन २०८३ ११:४१ | Wednesday, July 29, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast