सरकारको उपेक्षाविरुद्ध बालविकास शिक्षक एकजुट, भन्छन्-अब मौन बस्दैनौं

हिमाल प्रेस १३ साउन २०८३ १०:५० | Wednesday, July 29, 2026
482
SHARES
सरकारको उपेक्षाविरुद्ध बालविकास शिक्षक एकजुट, भन्छन्-अब मौन बस्दैनौं नेपाल बालविकास शिक्षक केन्द्रीय संघर्ष समिति अध्यक्ष कृष्णकुमारी थापा मगर

काठमाडौँ- सामुदायिक विद्यालयका बालविकास सहजकर्ता (ईसीडी शिक्षक) हरूले आफ्ना मागप्रति सरकारले निरन्तर बेवास्ता गरेको आरोप लगाउँदै आन्दोलनको चेतावनी दिएका छन्।

नेपाल बालविकास शिक्षक केन्द्रीय संघर्ष समिति अध्यक्ष कृष्णकुमारी थापा मगरले मंगलबार सामाजिक सञ्जालमार्फत सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै बालविकास शिक्षक अब थप मौन बस्ने अवस्थामा नरहेको बताएकी हुन्।

उनले वर्षौंदेखि बालविकास शिक्षकहरूले उपेक्षा, विभेद र अन्याय सहँदै आएको उल्लेख गर्दै मागको सुनुवाइ नभए आफ्नो हक, अधिकार, सम्मान र अस्तित्वको रक्षाका लागि सडक आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनी दिएकी छन्।

थापा मगरले सम्पूर्ण बालविकास शिक्षकलाई एकजुट हुन आह्वान गर्दै सामाजिक सञ्जालमा लेखेकी छन्,‘बालविकास शिक्षकको सहनशीलता र धैर्यताको बाँध अब टुट्ने अवस्थामा पुगेको छ। वर्षौंदेखि सरकारको उपेक्षा, विभेद र अन्याय सहँदै आएका बालविकास शिक्षकहरू अब मौन बस्ने अवस्थामा छैनौं। यदि सम्बन्धित निकायले हाम्रो मागप्रति अझै बेवास्ता गर्ने हो भने बालविकास शिक्षकहरू आफ्नो हक, अधिकार, सम्मान र अस्तित्वको रक्षाका लागि सडकमा उत्रिन बाध्य हुनेछौं। अब पर्खिने होइन, एकजुट हुने समय आएको छ। सम्पूर्ण बालविकास शिक्षकहरू सचेत, संगठित र तयारी अवस्थामा रहनुहोस्। हाम्रो मागप्रति एकता नै सबैभन्दा ठूलो शक्ति हो।’

बालविकास शिक्षकहरूले लामो समयदेखि सेवासुविधा, पारिश्रमिक वृद्धि, स्थायित्व तथा पेसागत सम्मानलगायतका माग उठाउँदै आएका छन्।

प्रकाशित: १३ साउन २०८३ १०:५० | Wednesday, July 29, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast