रविले बोलाए सर्वदलीय बैठक

हिमाल प्रेस १२ साउन २०८३ २२:०९ | Tuesday, July 28, 2026
12
SHARES
रविले बोलाए सर्वदलीय बैठक रवि लामिछाने। फाइल तस्बिर

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सर्वदलीय बैठक बोलाएका छन्।

बुधबार बिहान ८ बजे बस्ने गरी सभापति लामिछानेले सर्वदलीय बैठक बोलाएका हुन्।

रास्वपाका महामन्त्री विपिनकुमार आचार्यले बिहान ८ बजे सिंहदरबारस्थित लेखा समितिको बैठककमा बोलाइएको जानकारी दिए।

उनले छलफलमा संसदमा रहेका सबै दलसहित उपेन्द्र यादव, महन्थ ठाकुर, सीके राउत नेतृत्वको पार्टीलाई समेत आमन्त्रण गरिएको बताए।

‘सबै दललाई पत्राचार गरिएको छ। सभापतिज्यूले नेताहरूलाई आफैँ फोन गरेर पनि आमन्त्रण गर्नु भएको छ,’ सभापतिको सचिवालयले भनेको छ।

महामन्त्री शर्माका अनुसार सभापति लामिछानेले सुनसरीको देवानगञ्ज घटनाबारे छलफल गर्न सर्वदलीय बैठक बोलाएका हुन्।

‘अत्यन्तै संवेदनशील र दुःखद घटना तथा त्यसले निम्त्याएको असहज अवस्थामा सामाजिक रुपमा फैलन सक्ने द्वेष न्यूनीकरण गरी सद्भाव र शान्ति सुरक्षा कायम गर्न प्रशासनिक प्रयास जारी रहँदा राजनीतिक रुपमा पनि सामुहिक सन्देश र अपिलको आवश्यकता बोध भएकाले छलफल आयोजना गरेका हौँ,’ महामन्त्री आचार्यले भने।

प्रकाशित: १२ साउन २०८३ २२:०९ | Tuesday, July 28, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast