प्रधानमन्त्रीको विरोध होइन संसद् र जनताप्रति जिम्मेवार बनाउन खोजेका हौँ : कांग्रेस प्रमुख सचेतक थापा

हिमाल प्रेस १२ साउन २०८३ १७:३६ | Tuesday, July 28, 2026
4
SHARES
प्रधानमन्त्रीको विरोध होइन संसद् र जनताप्रति जिम्मेवार बनाउन खोजेका हौँ : कांग्रेस प्रमुख सचेतक थापा नेपाली कांग्रेसकी प्रमुख सचेतक वासना थापा। फाइल तस्बिर।

काठमाडौँ- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी प्रमुख सचेतक वासना थापाले आफ्नो पार्टीको उद्देश्य प्रधानमन्त्रीको विरोध गर्नु नभई संसद् र जनताप्रति जिम्मेवार बनाउन खोज्नु रहेको बताएकी छन्।

मंगलबार सिंहदरबारमा सभामुखसँग भएको छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै थापाले सीमा विवादका विषयमा आम नागरिकले प्रधानमन्त्रीबाट आधिकारिक जवाफको अपेक्षा गरिरहेकाले संसद्‌‌मा उक्त विषय उठाइएको बताइन्।

सत्ता पक्षका प्रमुख सचेतकहरूले प्रधानमन्त्रीसँग यस विषयमा छलफल गर्ने प्रतिबद्धता सभामुखमार्फत जनाएको जानकारी दिँदै उनले सीमा विवादका विषयमा प्रधानमन्त्रीले धारणा सार्वजनिक गर्नुपर्ने बताइन्।

थापाले प्रधानमन्त्रीले संसद्‌मा प्रश्नोत्तरमार्फत वा राष्ट्रका नाममा सम्बोधन गरेर भए पनि सीमा विवादबारे जनतालाई स्पष्ट पार्नुपर्ने धारणा राखिन्। प्रधानमन्त्रीको आधिकारिक धारणा नआएसम्म कांग्रेसले सदनमा आकस्मिक समय लिएर ध्यानाकर्षण गराइरहने उनले बताइन्।

नेपाली कांग्रेस सदन अवरोध गर्ने पक्षमा नरहेको भन्दै उनले संविधान र विधिको शासनप्रति पार्टी सधैँ प्रतिबद्ध रहेको बताइन्।

संविधानमाथि आँच आउने अवस्था सिर्जना भए कांग्रेस त्यसको रक्षाका लागि अग्रपङ्क्तिमा उभिने उनले बताइन्।

प्रकाशित: १२ साउन २०८३ १७:३६ | Tuesday, July 28, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast