कास्की २ (ख) मा कांग्रेसका बिन्दुकुमार थापाको अग्रता

हिमाल प्रेस ७ मंसिर २०७९ ११:४८ | Wednesday, November 23, 2022
कास्की २ (ख) मा कांग्रेसका बिन्दुकुमार थापाको अग्रता

पोखरा- प्रदेशसभातर्फ कास्की क्षेत्र नम्बर २ (ख) मा नेपाली कांग्रेसले सुरुआती अग्रता लिएको छ। कांग्रेसका बिन्दुकुमार थापाले ३५ सय मतगणनामा एक हजार ५८५ मत ल्याएका छन्।

उनका निकतटम् प्रतिस्पर्धी एमालेकी मीना गुरुङले ८७६ मत प्राप्त गरेकी छन्। तेस्रो स्थानमा राप्रपाका अरुण गिरी छन्। उनले ७४८ मत ल्याएका छन् ।

प्रदेशसभा कास्की २(क) मा एमालेका भीम कार्की निर्वाचित भइसकेका छन्। प्रतिनिधिसभा सदस्यमा कास्की २ मा एमालेकी विद्या भट्टराईले ३ हजार मतान्तरसहित लिड गरेकी छन्।

बिन्दु थापा गण्डकी प्रदेशका सञ्चारमन्त्रीसमेत हुन्। उनले मात्र २०७४ सालको चुनाव जितेर कास्कीमा कांग्रेसको विरासत जोगाएका थिए। अरू सबैमा बामगठबन्धनले बाजी मारेको थियो।

प्रकाशित: ७ मंसिर २०७९ ११:४८ | Wednesday, November 23, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast