बैतडीमा घाँस काट्ने क्रममा ढुंगाले लागेर महिलाको मृत्यु

हिमाल प्रेस ११ साउन २०८३ १५:०४ | Monday, July 27, 2026
4
SHARES
बैतडीमा घाँस काट्ने क्रममा ढुंगाले लागेर महिलाको मृत्यु प्रतीकात्मक तस्बिर।

बैतडी- घाँस काट्ने क्रममा ढुंगाले लागेर एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा दशरथचन्द नगरपालिका-१ की २२ वर्षीया अस्मिता भट्ट रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिए।

उनका अनुसार सोमबार बिहान करिब ९:३० बजे सुर्नया गाउँपालिका-२ कैलडाँडा क्षेत्रमा घाँस काटिरहेका बेला माथिबाट खसेको ढुंगा लागेर भट्टको घटनास्थलमै मृत्यु भएको थियो।

घटनाबारे अनुसन्धान भइरहेको प्रवक्ता सिंहले बताए।

प्रकाशित: ११ साउन २०८३ १५:०४ | Monday, July 27, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast