भानुभक्तमाथि अझै गहन अध्ययन आवश्यक : डा.रमेश शुभेच्छु

हिमाल प्रेस १० साउन २०८३ १०:३५ | Sunday, July 26, 2026
30
SHARES
भानुभक्तमाथि अझै गहन अध्ययन आवश्यक : डा.रमेश शुभेच्छु

काठमाडौँ- चन्द्रागिरी साहित्य सरोवरले २१३औँ भानु जयन्तीको अवसरमा ५५औँ रचनावाचन कार्यक्रम सम्पन्न गरेको छ। चन्द्रागिरीस्थित मुनाल पुस्तकालयमा आयोजित कार्यक्रममा वरिष्ठ समालोचक तथा साहित्यकार डा.रमेश शुभेच्छु प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए।

कार्यक्रममा प्रा.डा.गोपीन्द्र पौडेल, साहित्यकार तेजप्रकाश श्रेष्ठ, प्राज्ञ नरनाथ लुइटेल, प्रा.डा.हृदयलाल कोइराला, डा.सत्यराज थपलिया, साहित्यकार जगन्नाथ तिमल्सिना,मन भुजेल, पूर्णबहादुर खड्कालगायत साहित्यिक व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

भानु जयन्तीका अवसरमा आयोजित कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थी तथा स्थानीय एवं आमन्त्रित साहित्यकारहरूले कविता, गजल तथा अन्य साहित्यिक रचनाहरू वाचन गरेका थिए। विष्णुदेवी माध्यमिक विद्यालयका तेरिसा बुढामगर, अनुषा बोहरा, अर्जुन ओली, सोमिका स्याङतान र रजनी पुरी, सुन्दरवन विद्यालयका अखण्ड केसी, एलआरआई विद्यालयकी आज्ञा केसी, ब्राइट फ्युचर विद्यालयका प्रदिप्ती पाठक र आरोह पौडेललगायतका विद्यार्थीले भानुभक्तसम्बन्धी रचना प्रस्तुत गरेका थिए। रारा हिल मेमोरियल स्कुलकी प्रज्ञा चालिसेले मौलिक कविता वाचन गरेकी थिइन्।

त्यसैगरी काशीराज सुवेदी, भोला चालिसे, पूर्णबहादुर खड्का, डा.सत्यप्रकाश थपलिया, मन भुजेल, विद्या न्यौपाने, सुदन लुइटेल, मथुरा राउत, हरिशरण आचार्य, उत्तम विचार भेटवाल, जगन्नाथ तिमल्सिना र भुवन सङ्गमलगायतका स्रष्टाले पनि आफ्ना रचना प्रस्तुत गरेका थिए।

विशेष अतिथि तेजप्रकाश श्रेष्ठ र नरनाथ लुइटेलले आदिकवि भानुभक्त आचार्यको साहित्यिक योगदानमाथि प्रकाश पार्दै आफ्ना सिर्जना सुनाएका थिए। लुइटेलले नुवाकोटका कवि ठाकुरप्रसाद अधिकारीको ‘भानु र घाँसी’ शीर्षकको कविता पनि वाचन गरेका थिए। प्रा.डा.गोपीन्द्र पौडेलले भानुभक्तको योगदानबारे संक्षिप्त मन्तव्य राख्दै कार्यक्रममा सहभागी बालप्रतिभाको प्रशंसा गरे।

प्रमुख अतिथि डा.शुभेच्छुले कार्यक्रममा प्रस्तुत रचनाको समीक्षा गर्दै भानुभक्तमाथि अझै गहन अध्ययन र अनुसन्धान आवश्यक रहेको बताए। उनले उपलब्ध अध्ययनका आधारमा भानुभक्त मौलिक काव्यचेतनायुक्त तथा आफ्नो समयका प्रतिनिधि कवि रहेको बताए। भानुभक्तको रामायण र अन्य फुटकर कवितामा निहित सामाजिक चेतनालाई नयाँ पुस्तासम्म पुर्‍याउनुपर्नेमा जोड दिँदै बधूशिक्षा सम्बन्धमा फैलिएका भ्रमलाई समयसापेक्ष ढंगले पुनर्व्याख्या गर्नुपर्ने धारणा राखे।

चन्द्रागिरी साहित्य सरोवरका अध्यक्ष गोपीचन्द्रको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन शोभा खनाल र कौशल्या चालिसेले संयुक्त रूपमा गरेका थिए।

प्रकाशित: १० साउन २०८३ १०:३५ | Sunday, July 26, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast