निर्यातजन्य उद्योग व्यवसायसँग सम्बन्धीत समस्या समाधान गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

हिमाल प्रेस ८ साउन २०८३ १८:०९ | Friday, July 24, 2026
8
SHARES
निर्यातजन्य उद्योग व्यवसायसँग सम्बन्धीत समस्या समाधान गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

काठमाडौँ- प्रधानमन्त्री वालेन्द्र शाहले नेपालका प्रमुख निर्यातजन्य उद्योग व्यवसायसँग सम्बन्धीत समस्याहरु समाधान गर्ने प्रतिबद्धता जनाएका छन्।

शुक्रबार सिंहदरबारमा निर्यातजन्य उद्योग व्यवसायसँग आबद्ध प्रतिनिधिहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाहले निर्यात प्रवद्र्धनका चुनौतीका बारेमा जानकारी लिँदै नीतिगत सुधार तथा समाधानमा सरकारले ध्यान दिने बताएका हुन्।

छलफलका क्रममा प्रधानमन्त्री शाहले निर्यातजन्य उद्योग व्यवसायमा विद्यमान समस्याका बारेमा जानकारी लिएको नेपाल प्लाइउड उत्पादक संघका अध्यक्ष एवं उद्योग वाणिज्य महासंघ निर्यात समितिका सभापति होमप्रसाद घिमिरे जानकारी दिए।

उनले कच्चा पदार्थको सहज उपलब्धता, गुणस्तर मापदण्डहरूबीचको समकक्षता कायम गर्ने विषय तथा अन्य समस्याहरूबारे जानकारी गराएको बताए।

प्रधानमन्त्रीले आफ्नो सचिवालयमार्फत सम्बन्धित निकायहरूलाई तत्काल गर्न सकिने कामहरू अघि बढाउन निर्देशन दिएको उनले बताए।

त्यस्तै प्लाइवुडका ढोका, काठनिर्यातका लागि आवश्यक कार्यविधि तुरुन्त बनाएर काम अघि बढाउन निर्देशन दिएको अध्यक्ष घिमिरेले जानकारी दिए।

छलफलमा सहभागी नेपाल गलैँचा उत्पादक तथा निर्यातकर्ता संघका अध्यक्ष बलराम गुरुङले अमेरिका निर्यातमा देखिएको समस्याका बारेमा प्रधानमन्त्रीलाई अवगत गराइएको बताए।

उपभोक्ता सुरक्षा प्रमाणीकरण परीक्षण गर्ने प्रविधि नेपालमा नभएकाले गलैँचा निर्यातमा समस्या भएको उनले बतए।

जवाफमा प्रधानमन्त्रीले सम्बन्धित निकायलाई फोन गरेर समस्या समाधानका लागि निर्देशन दिएको अध्यक्ष गुरुङले बताए।

प्रकाशित: ८ साउन २०८३ १८:०९ | Friday, July 24, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast