२१ हजार घुस रकमसहित काठमाडौँ-३० का लेखा अधिकृत पक्राउ

हिमाल प्रेस ८ साउन २०८३ १४:५२ | Friday, July 24, 2026
10
SHARES
२१ हजार घुस रकमसहित काठमाडौँ-३० का लेखा अधिकृत पक्राउ

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौँ महानगरपालिका-३० का लेखा अधिकृत (छैटौँ) उद्धव भट्टराईलाई २१ हजार रुपैयाँ घुससहित नियन्त्रणमा लिएको छ।

आयोगका अनुसार स्थायी लेखा नम्बर (प्यान) बन्द गर्न वडा कार्यालयबाट आवश्यक सिफारिस दिलाइदिने भन्दै सेवाग्राहीसँग २१ हजार रुपैयाँ घुस मागी लिएको अवस्थामा भट्टराईलाई उक्त रकमसहित नियन्त्रणमा लिइएको हो।

अख्तियारले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

प्रकाशित: ८ साउन २०८३ १४:५२ | Friday, July 24, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast