काठमाडौँ- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले अदुवा प्रतिकिलो २३० रुपैयाँ कायम गरेको छ।
हरियो अकबरे खुर्सानी प्रतिकिलो २५० रुपैयाँ, लाम्चो हरियो खुर्सानी ६० रुपैयाँ, बुलेट खुर्सानी ५० रुपैयाँ र माछे खुर्सानी ७० रुपैयाँ तोकिएको छ।
यस्तै, नेपाली सुकेको लसुन प्रतिकिलो २०० रुपैयाँ, चिनियाँ लसुन २४० रुपैयाँ, हरियो लसुन १२० रुपैयाँ तथा सुकेको खुर्सानी ५०० रुपैयाँ प्रतिकिलो कायम गरिएको समितिले जनाएको छ।
प्रकाशित: ८ साउन २०८३ ८:२४ | Friday, July 24, 2026
प्रतिक्रिया

