काठमाडौँ- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ।
समितिका अनुसार ठूलो नेपाली गोलभेँडा प्रतिकिलो ५० रुपैयाँ, सानो लोकल गोलभेँडा २० रुपैयाँ र टनेल गोलभेँडा ३९ रुपैयाँ कायम गरिएको छ।
यस्तै, रातो आलु ३५ देखि ४८ रुपैयाँ प्रतिकिलो तथा भारतीय सुकेको प्याज ५७ रुपैयाँ प्रतिकिलो निर्धारण गरिएको छ।
फलफूलतर्फ फुजी स्याउ प्रतिकिलो ३०० रुपैयाँ, मालभोग केरा प्रतिदर्जन २०० रुपैयाँ, नेपाली केरा ३०० रुपैयाँ, कागती २२० रुपैयाँ र अनार ५०० रुपैयाँ प्रतिकिलो तोकिएको समितिले जनाएको छ।
प्रकाशित: ८ साउन २०८३ ८:२१ | Friday, July 24, 2026
प्रतिक्रिया

