काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु पाँच लाख घुससहित आन्तरिक राजस्व कार्यालय लहानका कर अधिकृत युवराज एमएस पाललाई पक्राउ गरेको छ।
आर्थिक वर्ष २०७८/७९ को पूर्ण कर लेखा परीक्षणका लागि पेस भएको कागजात मिलेन भनी दुःख हैरानी दिई सेवाग्राहीसँग घुस माग गरेको भन्ने सूचनाका आधारमा आयोगको बर्दिबासबाट गएको टोलीले कर अधिकृत युवराजलाई कार्यालयबाटै पक्राउ गरिएको हो।
आयोगको टोलीले कर अधिकृत पाललाई घुस रकम र मोबाइल एक थानसहित कार्यकक्षबाट पक्राउ गरेको हो।
कर अधिकृत पाललाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए।
प्रकाशित: ८ साउन २०८३ ५:३१ | Friday, July 24, 2026
प्रतिक्रिया

