सुनसरीमा बढ्दै सम्बन्ध विच्छेदका मुद्दा

हिमाल प्रेस ७ साउन २०८३ १९:२१ | Thursday, July 23, 2026
6
SHARES
सुनसरीमा बढ्दै सम्बन्ध विच्छेदका मुद्दा

इटहरी – सुनसरी जिल्ला अदालतमा एक वर्षको अवधिमा नौ हजार भन्दा धेरै मुद्दा दर्ता भएका छन्। जसमध्ये सबैभन्दा धेरै सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएको छ।

आर्थिक वर्ष २०८२/०८३ मा सम्बन्ध विच्छेदसम्बन्धी मुद्दा सबैभन्दा बढी दर्ता भएको बिहीबार पत्रकार सम्मेलन गरी जानकारी दिइयो।

एक वर्षको मुद्दा व्यवस्थापनसम्बन्धी विवरण सार्वजनिक गर्दै अदालतले कुल मुद्दामध्ये ६० दशमलव ६९ प्रतिशत फर्छ्योट गरेकोसमेत जनाएको छ।

९ हजार ५ सय ५२ मुद्दा दर्ता भएकामध्ये सम्बन्ध विच्छेदका मात्रै एक हजार दुई सय ४१ मुद्दा दर्ता भएको छ। जसमा ९ सय ३६ मुद्दा फर्छ्योट भएका छन् भने ३ सय ५ मुद्दा चालु अवस्थामा छन्। यो संख्या अन्य सबै प्रकृतिका मुद्दाभन्दा बढी हो।

त्यसैगरी, अंशसम्बन्धी ९ सय ४२ मुद्दा दर्ता भएकोमा ४ सय ७ मुद्दा फर्छ्यौट भएका छन् भने ५ सय ३५ मुद्दा चालु रहेका छन्।मानाचामलसम्बन्धी ८४ मुद्दामध्ये ३१ फर्छ्योट हुँदा ५३ मुद्दा चालु छन्।

जग्गासम्बन्धी ३ सय ५४ मुद्दा दर्ता भएकोमा ६९ मुद्दा फर्छ्यौट भएका छन् भने २ सय ८५ मुद्दा विचाराधीन छन्। यस्तै, कर्तव्य ज्यानसम्बन्धी ८५ मुद्दामध्ये ३२ फर्छ्योट भएका छन् भने ५३ मुद्दा बाँकी रहेका मुख्य न्यायाधीश प्रकाश राउतले बताए। यसैगरी जबरजस्ती करणीमा एक सय २१ मुद्दा दर्ता हुँदा ४८ वटा मुद्दा फर्छ्योट भएको छ। उक्त मुद्दामा ७३ वटा भने विचाराधीन रहेको छ।

बालबालिकासँग सम्बन्धित ३ सय २ मुद्दामध्ये १ सय ९६ मुद्दा फर्छ्योट भएका छन् भने १ सय ६ मुद्दा चालु अवस्थामा छन्।

अन्य विभिन्न प्रकृतिका ६ हजार ४२३ मुद्दा दर्ता हुँदा ४ हजार ७९ मुद्दा फर्छ्योट भएका छन्। यस्तै दुई हजार दुई सय ७३ मुद्दा विचाराधीन रहेको छ।

एक वर्षमा ५ हजार ७९८ मुद्दा फर्छ्योट

अदालतले सार्वजनिक गरेको तथ्यांकअनुसार अघिल्लो वर्षबाट जिम्मेवारी सरी आएका ३ हजार ८०३ र नयाँ दर्ता भएका ५ हजार ७४९ गरी कुल ९ हजार ५५२ मुद्दा अनुसन्धान तथा कारबाहीका लागि रहेका थिए। तीमध्ये ५ हजार ७९८ मुद्दा फर्छ्योट गरिएको छ भने ३ हजार ७५४ मुद्दा अझै बाँकी रहेका छन्।

तथ्यांकअनुसार दुई वर्ष नाघेका बाँकी मुद्दा १८१ वटा रहेका छन् भने पछिल्लो १८ महिनाभित्रका बाँकी मुद्दा २४८ वटा छन्।

अदालतले बाँकी रहेका मुद्दाको अनुसन्धानलाई तीव्रता दिँदै पुराना मुद्दा फर्छ्योटलाई प्राथमिकतामा राखेर काम भइरहेको जनाएको छ।

प्रकाशित: ७ साउन २०८३ १९:२१ | Thursday, July 23, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast