आलोचना गरेर आफ्नो गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा

हिमाल प्रेस ७ साउन २०८३ १७:५० | Thursday, July 23, 2026
14
SHARES
आलोचना गरेर आफ्नो गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा

काठमाडौँ- नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले कसैको आलोचना गरेर वा ढुंगा हानेर आफ्नो गन्तव्यमा पुग्न नसकिने बताएका छन्।

बीपी स्मृति दिवसका अवसरमा कांग्रेसले बिहीबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा शर्माले हरेक आलोचनाको प्रतिवादमा उत्रिँदा मूल लक्ष्य ओझेलमा पर्न सक्ने समेत बताए।

उनले बीपीको विचार, संस्कार र उनको दर्शनलाई २१ औँ शताब्दीका युवाको भावनासँग एकाकार गरेर समुन्नतिको गन्तव्य खोज्ने संकल्प लिनुपर्नेमा जोड दिए।

उनले कांग्रेसका लागि सधैँ राजनीति मात्र नभई बालश्रम उन्मूलन गर्ने र हजारौँ शिक्षक उत्पादन गर्ने जस्ता दूरगामी सामाजिक विषयहरू मुख्य प्राथमिकतामा हुनुपर्ने धारणा राखे।

क्रान्तिका लागि प्राण आहुति दिने योद्धाका साथसाथै सामाजिक रूपान्तरण र सुशासनका लागि योग्य शिक्षक र नयाँ सोच आवश्यक रहेको उनको भनाइ छ।

उनले बीपीको सिद्धान्तअनुसार अगाडि बढ्नका लागि गगन थापा नेतृत्वको सिंगो टिम नयाँ ढंग, नयाँ सोच र नयाँ संकल्पका साथ लाग्न प्रतिबद्ध रहेको बताए।

देश तथा विदेशमा रहेका सवैलाई नयाँ राजनीतिक र सामाजिक यात्रामा साथ दिन उनले आह्वान गरे।

प्रकाशित: ७ साउन २०८३ १७:५० | Thursday, July 23, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + eighteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast